अब पुस्तक पढ्न पुस्तकालय धाउनु नपर्ने, 'थुप्रै' मा उपलब्ध थुप्रै नेपाली इबुक्स


बेवास्ता हो वा अल्छिपनाले हो कुनै नयाँ पुस्तकको हार्डकपि हातमा नपरेको लामो समय भइसकेको थियो। यसैबिचमा वितरक कम्पनी थुप्रै सोलुसनका बारेमा जानकारी पाएँ। जसले केही बर्ष यता पुस्तकका हार्डकपिको बिक्री वितरण गर्दै आइरहेको रहेछ र काठमाडौँ उपत्यका भित्र घरमा पुर्याइदिने (होम डेलिभरी) सेवा पनि प्रदान गर्ने जानकारी पाएँ। मेरो विशेष अनुरोधमा कुरियर सेवा मार्फत तीनवटा पुस्तक तम्घास सम्म पठाइएको थियो।  

 मलाई उतिबेला नै नेपाली अनलाइन माध्यमबाटै नेपाली इबुक किन्न र पढ्न पाइने एप्लिकेसनको अभाव खट्किएको हो। म जस्ता लाखौँ पाठकको गुनासोलाई सम्बोधन गर्दै थुप्रै सोलुसनले गत महिना thuprai नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्यो। यसले म जस्ता पुस्तक पसल सम्म सहज पहुँच नहुनेहरू लाभान्वित हुने विश्वास लिएको छु। जुन एपमा केही निःशुल्क पुस्तकका साथै इसेवा, खल्ती आदि अनलाइन पेमेन्ट गेटवेबाट पैसा तिरेर इबुक किन्न र पढ्न सकिन्छ। हार्डकपिको तुलनामा डिजिटल इबुकको मूल्य पनि निकै कम छ।
यो
एप्लिकेसन डाउनलोड गरेर आफ्नो रुचि अनुसारको इबुकहरु किन्नुहोस् र आफ्नो व्यक्तिगत लाइब्रेरी गोजीमा बोक्नुहोस्। एप नयाँ भएकोले पुस्तक थोरै मात्र उपलब्ध छन् र त्रुटि (bugs) छन्। आशा छ आगामी दिनहरुमा पुस्तकहरू थपिदै जानेछन् र एप पनि उत्कृष्ट बन्दै जानेछ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लगाइएको लकडाउनका कारण घरमै बस्नुपर्ने र पसल सम्म पुग्न असमर्थ भएको अवस्थामा यो एप अझ उपयोगी हुने विश्वास छ। यसले पढ्ने बानीको विकास गर्न पनि सहयोग गर्नेछ। विद्यालय पनि बन्द भएर विद्यालयमा अध्ययन गर्न नपाएका विद्यार्थीहरुका लागि पनि यो एप उपयोगी छ। एकपटक डाउनलोड गरेपछि बिना इन्टरनेट पढ्न सकिने यस्तो उपयोगी एपको विकास गरेकोमा थुप्रै सोलुसनलाई धन्यवादका साथै आभार व्यक्त गर्दछु।
   Download Thuprai app

नोट: यो प्रायोजित सामग्री होइन। यस ब्लगमा अभिव्यक्त लेखकका नितान्त व्यक्तिगत विचार वा भनाई हुन।

Post a Comment

Previous Post Next Post