आफन्त: नामै काफी छ

 



धेरै इन्टरनेटमा आधारित सामाजिक सञ्जालहरुको भिडमा चम्किलो तारा बनेर भर्खरै उदाएको छ, आफन्त। जसको नामैमा नेपालीपन झल्किन्छ। वर्ल्डवाइड वेबमा यो www.aafanta.com मा उपलब्ध छ।


केही दिन अघि अर्को सामाजिक सञ्जाल फेसबुकमा न्युजफिड स्क्रोल गर्दै जाँदा आफन्तको बारेमा पहिलोपल्ट जानकारी पाएँ। त्यसले यसको बारेमा थप जानकारी प्राप्त गर्ने कौतुहलता जाग्यो। त्यो मेटाउन साइटमा गएँ। आफ्नो प्रोफाईल निर्माण गरेँ अथवा साइन इन गरेँ। जसमा एकाउन्ट निर्माण गर्ने, आर्टिकल, फोटो, भिडियोका अलावा अन्य फर्म्याटका फाइलहरु शेयर गर्ने फिचरहरु पनि रहेछन्। जसमा मेसेज पठाउने र साझा इन्टरेस्ट भएका मानिसहरूको ग्रुप निर्माण गर्ने सुविधा पनि छन्। सबैभन्दा ठुलो कुरा नेपाली पहिचान र नेपालीपन छ। 


यसको प्रमुख उद्देश्य वा लक्ष नेपाली व्यवसायलाई प्रवर्द्धन गर्नुका साथै व्यवसायी, व्यापारी वा सेवाग्राही बिच सहजिकरण गर्ने पनि रहेको कुरा बुझ्न सकिन्छ। 


भर्खरै दर्ता भई सञ्चालनमा आएको र निकट भविष्यमा औपचारिक रुपमा उद्घाटन गर्ने योजना बनाइएको सेवामा त्रुटिहरु थुप्रै हुनसक्छन्। आफन्तको टिमले निरन्तर सेवालाई परिमार्जन र परिष्कृत गर्दै लैजाने र भविष्यमा नेपालको सबैभन्दा ठुलो र विश्वसनीय सेवाको पहिचान बनाउने कुरामा आशावादी छु र सफलताको शुभकामना पनि व्यक्त गर्दछु।

Post a Comment

Previous Post Next Post