यदि ह्विलचेयर उड्न सक्ने भइदिए...


यदि ह्विलचेयर उड्न सक्दो हो त, मैले ह्विलचेयर उडाउदो हुँ
स्वदेशका रमणिय ठाउँहरूको विचरण गर्दो हुँ
खप्तड र कोशी
मुस्ताङ जहाँ चौरी र खच्चरका घन्टी सुनिन्छन्
पश्चिम जहाँ मान्छेहरू देउडा गाउछन्
र फेरि घर फर्किन्थेँ
कोशी र कर्णाली घुम्दो हुँ
रारा हेर्दो हुँ
र बर्दिया र ओलाङ्चुङगोला
मानिसहरुले आफूले कहिल्यै नदेखेको बताउने थिए
यस्तो अद्भूत र अचम्मको उड्ने यन्त्र
जसमा म उडेको छु
अँ, सबै चिच्याउदा हुन
यसको पाङ्ग्रा र कुर्सी देखेर
आकाशबाट झर्दै गरेको
र म चर्चित स्टार बन्दो हुँ
नजिक र टाढाका सबै ठाउँ
मात्र ह्विलचेयर उड्न सक्ने भइदिए

जेम्स रिभ्जको कविता 'If pigs could fly' को नेपाली भावानुवाद

Post a Comment

Previous Post Next Post